राष्ट्रिय नीति राम्रो नहुँदा थिति बस्न सकेन :  सभामुख घर्ती

0
Shares

बुटवल ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले जनताको भावना अनुसारको परराष्ट्र नीति नहुँदा समस्या भोग्नु परेको बताउनु भयो ।
उहाँले समग्रमा राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सिमानाको समस्या भोग्नु परेको बताउनु भयो ।

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न १६ औँ वार्षिक साधारण सभामा बोल्दै सभामुख घर्तीले नीति नहुँदा थिति नबसेको औँल्याउनु भयो ।उहाँले नीति तथा कानुन बनाउन नागरिकस्तरबाट तिनै तहका सरकारलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

कमजोर खालको नीति तथा कानुन भएकाले खुल्ला सिमानाले सबै क्षेत्रका साना ठूला व्यवसायी र आमनागरिकले ठूलो समस्या भोग्नु परेको उहाँको भनाई छ । उहाँले लुम्बिनी प्रदेशमा निम्न वर्गको हितमा कानुन बनाउने प्रतिबद्धता जनाउँदै विकास भन्दा पनि देशलाई चाहिने खालको कानुन माग्न आग्रह गर्नुभयो ।
साना व्यवसायीलाई संरक्षण गर्ने गरी स्थानीय तहले ऐन बनाउनु पर्नेमा उहाँको जोड थियो ।

बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसाय सञ्चालन गर्दा  घरधनी र व्यवसायीवीच भएको सम्झौताबारे यथार्थ कुरा बाहिर नआउँदा समस्या आएको बताउनुभयो । व्यवसायीका समस्या पहिचान गरी समाधान गरिने आश्वासन दिनुभयो ।

संघका अध्यक्ष मोहनप्रसाद बस्याल र महासचिव गोपाल प्रधानको सञ्चालनमा भएको कार्यक्रम वोल्नहरुले खुल्ला सिमानाले साना व्यवसायी प्रत्यक्ष मारमा परेको गुनासो गरेका थिए ।