गठन्धन कुन दिन भत्किन्छ थाहा छैन : माधवकुमार नेपाल

0
Shares

काठमाडाैं  । 

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका छन्  ।

आफ्नो पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको किर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्ने क्रममा अध्यक्ष नेपालले यस्ताे बताएका हुन्  ।

उक्त कार्यक्रममा बोल्दै  राष्ट्रपतिको चुनावबाट यो सत्ताधारी गठबन्धनको भविष्यकाे टुङ्गोलाग्ने र त्यो एक हप्ताभित्र हुने पनि बताउनुभयो ।  सत्ताधारी गठबन्धनमा संविधान बिरोधि देखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालले तर्क राख्नुभयो ।

यतिबेला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको बैठक बसिरहेको छ ।बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।