एमालेका उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने पक्का : शर्मा ओली

0
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति चुनावमा एमालेका उम्मेदवार निर्वाचित हुने पक्का भएकाे बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको स्पष्ट पारे । राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कुरा कल्पना बाहिरको भएको बताएका छन्  ।

राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुने ओलीले स्पष्ट पारे । पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेको प्रसंगमा ओलीले त्यस्तो प्रस्तावको कुनै अर्थ नरहेको बताए । ज्ञानेन्द्र शाह आफैं अलमलमा भएकाले त्यस्तो प्रस्तावको कुनै अर्थ नभएको ओलीको स्पष्टोक्ति थियो ।