जसपा कार्यकारिणी समितिको बैठक बस्दै

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ ।

आज (आइतबार) बिहान ११ बजे बस्ने बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न उक्त समितिको बैठक बस्ने भएको हो ।

यहीँ फागुन २५ गते हुन गइरहेको राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीको भूमिकाबारे छलफल गर्न उक्त बैठक आह्वान गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

यसैगरी जसपाले नेकपा (एकीकृत समाजवादी) पार्टीलगायत अन्य साना दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ ।