सांसद चौधरी जेलमुक्त

0
Shares

धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित कैलाली प्रतिनिधि सभासदस्य अरुणकुमार चौधरी जेलमुक्त भएका छन् ।

जिल्ला कारागार कैलालीमा रहेका चौधरी आइतबार रिहा भएका हुन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी गरेपछि उनी जेलमुक्त भएका हुन् ।