बुनुले ल्याइन् भोलेनाथ

0
Shares

गायिका बुनु श्रेष्ठले महाशिवरात्रीको अवसर पारेर शिवभजन सार्वजनिक गरेकी छन्।

भोलेनाथ बोलको भजनमा शिवको महिमा गाइएको छ। शिला पन्तद्वारा रचित भजनमा संगीत रामकुमार रिमाल, संगीत संयोजन नारायण दंगाल, तबला रोशन, बाँसुरी रत्न बीक र गितार विकाश सुनारको रहेको छ।

भजनको म्युजिक भिडियो पशुपति मन्दिरमा खिचिएको छ। भिडियोमा गायिका श्रेष्ठ स्वयं देखिएकी छन्। छायांकन श्याम शाह र सम्पादनमा रञ्जित मानन्धर, शृंगार गरिमा राजभण्डारीको रहेको छ। भिडियो साउन्ड मिल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।