शरीरमा आगो लगाएर आत्महत्या

0
Shares

सप्तरी ।

सप्तरीमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । आत्महत्या गर्नेमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारी टोल बस्ने राजकुमार साहककी ४० वर्षीया श्रीमती राजुदेवी साह रहेकी छन् ।

घरमा कोही नभएको बेलामा घर बाहिर रहेको शौचालयभित्र आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।