स्रोत नखुलेको १ लाख भारू नोतसहित एक जना पक्राउ

0
Shares

बारा । बाराको बिश्रामपुरबाट एक लाख भारती ?पैयाँसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका–१२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवारmलाई प्रहरीले. नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालबाट आउँदै गरेको साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय ?पैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय ?पैयाँको दुई सय एक थान भारतीय ?पैयाँ बरामद गरेको प्रहरीको भनाइ छ ।