डडेल्धुरा महोत्सव सुरु

0
Shares

डडेल्धुरा।

पाचौं संस्करणको डडेल्धुरा महोत्सव सदरमुकामस्थित टुडिखेलमा बिहीबारदेखि सुरु भएको छ । डडेल्धुरा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले उद्घाटन गर्नुभयो ।

डडेल्धुराको समग्र विकासका लागि स्थानीय उत्पादनको बजारीकरणसँगै यहाँका पर्यटकीय क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको देउवाले बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले डडेल्धुराको विकासका मुख्य मुद्दामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र सांसद डा. राणा देउवाले अग्रसरता लिइरहनु भएको जिकिर गर्नुभयो ।

आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले डडेल्धुराको विकासका लागि मेडिकल कलेज, विमानस्थल, सडक विस्तार र पर्यटन प्रवद्र्धनकासाथै उद्योगहरुको स्थापना गरिनुपर्ने बताउनु भयो ।

डडेल्धुरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष महताले महोत्सवमा झण्डै एक सय ५० स्टल राखिएको जानकारी दिनुभयो । फागुन १४ गते सम्पन्न हुने महोत्सव आयोजना गर्दा झण्डै ७२ लाख खर्च हुने अनुमान गरिएको छ । झण्डै डेढ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।

महोत्सव अवधिमा पाँच करोड सम्म आर्थिक कारोबार हुने अपेक्षा गरिएको डडेल्धुरा उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष लोकराज भट्टले बताउनु भयो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने छ ।