चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई नक्कली डलरसहित दुबई प्रहरीको नियन्त्रण

0
Shares

काठमाडौं । चलचित्र बिकास बोर्डका लेखा अधिकृतलाई नक्कली डलरसहित दुबई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराईलाई दुबईको विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

भट्टराईसँगै अर्का एक जनालाई पनि विमानस्थलमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार भट्टराई र उनीसँग रहेका व्यक्तिले बोकेको डलरमध्ये धेरैजसो नोट नक्कली थिए । विमानस्थलमा खटिएका प्रहरीले उनीहरूलाई ५ घण्टाभन्दा बढी केरकार गरेको थियो ।

विमानस्थलमा उनीहरूले नेपालको सिभिल बैंकमा आफूहरूले डलर साटेको ‘स्लिप’ देखाउँदै उम्किन खोजेपनि प्रहरीले छोड्न मानेका थिएन ।

पछि दुबईमा बस्ने अर्का एक नेपाली युवाले आफू ‘ग्यारेण्टी’ बस्ने गरी आइडी कार्ड ‘धरौटी’ बुझाएपछि उनीहरू रिहा भएका हुन् ।
नेपाली अधिकारी नक्कली डलरसहित समातिएपछि दुबईको सुरक्षा निकायले पनि यो विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ ।