कमलमणि र सुरक्षाको बहाव

0
Shares

अभिनेता अभिनेत्री कमलमणि नेपाल र सुरक्षा पन्त स्टारर फिल्म बहावको फस्टलुक सार्वजनिक भएको छ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतिमा निर्मित फिल्म आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ। प्रमोद कँडेलको लेखन र निर्देशनमा बनेको फिल्मको फस्टलुकमा अभिनेत्री सुरक्षा सुगा सहितको पिँजडा हातमा लिएर उभिएकी छन्।

पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा नहेरी हातमा रहेको पिँजडाभित्रको सुगामा आप्mनो प्रतिविम्ब खोजिरहेको भान हुन्छ। फिल्मको विषयवस्तु जिज्ञासा, विचार अनि यथार्थको कथामा आधारित रहेको निर्देशक कँडेलले बताए।

उनका अनुसार बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो। उनले सुरक्षामार्फत फिल्मको थिम प्रस्तुत गरिएको बताए। अभिनेत्री सुरक्षाले जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा देखाइएको बताइन्।

फिल्म गोपी निर्माण गरेका श्रीधर पौडेलले निर्माण गरेका हुन्। उनले आप्mनो स्वन्त्रता आफैंमा कैद गर्नेका लागि मार्गप्रशस्त गर्ने कथा बहावमा रहेको बताए।

फिल्ममा कमलमणि र सुरक्षासँगै अफरान अली, सूर्य शर्मा भद्म, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन् भने वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुध्रको संगीत, सज्जा चौलागाईंको स्वर, कार्तिकेय स्मिता कर्नाटकको छायांकन र सुजन बडालको सम्पादन रहेको छ। फिल्म आरआर फिल्म्स्ले वितरण गर्दैछ।