लोकप्रिय गायक आनन्द कार्कीले प्रेम दिवसको अवसर पारेर प्रेमील गीत आभारी छु सार्वजनिक गरेका छन् ।
राजु सिंहको संगीत तथा दीप गिरीको शब्द रचना रहेको गीत चन्द सिंहले एरेन्ज गरेका छन्। गीतको भिडियोमा गायक कार्की स्वयंम देखिएका छन्।
मोहन कुमार झिल्लको छायांकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन रहेको छ। गीत आनन्द कार्की अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।











प्रतिक्रिया