जेरी-२ को थिम

0
Shares

अभिनेता अभिनेत्री अनमोल केसी र आना शर्माकोे हिट फिल्म जेरीको सिक्वेल जेरी–२ को थिम पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा एक युवालाई ब्याग बोक्दै लौरी टेकेर यात्रामा निस्केको देखिन्छ।

हेमराज बिसीको निर्देशनमा निर्माण हुने फिल्ममा अनमोल र आनाका साथमा पूर्णिका सिंजापतीको पनि मुख्य भूमिका रहनेछ।

आठ वर्षअघि निर्माण भएको हिट फिल्म जेरीको यो सिक्वेलमा अभिनय गर्ने अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसन गरेको थियो। अनन्या फिल्म्स् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माणाधीन जेरी अन टप सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन्।

फिल्ममा कथा, पटकथा र संवाद निर्देशक बिसी र विश्वास तिम्सिनाले लेखेका छन्। फागुन अन्तिम साताबाट सुटिङ प्mलोरमा जाने फिल्मको छायांकन अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रलगायतका रमणीय स्थानमा गरिने जनाइएको छ।