रिहाना बिहे नै नगरी ९ महिनापछि फेरि गर्भवती

0
Shares

चर्चित गायिका रिहाना दोस्रोपटक आमा बन्ने भएकी छन्। नौ महिनाअघि मात्र आमा बनेकी उनी फेरि आमा बन्न लागेको खबर हालै बाहिरिएको हो।

अमेरिकामा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा स्टेज चढेकी उनको पेट सामान्य भन्दा बढेको अवस्थामा देखिएको एजेन्सीले जनाएको छ।

प्रस्तुति दिने क्रममा उनले बारम्बार आफ्नो हात पेटतिर लगिरहेको देखेपछि उनका फ्यानले फेरि पनि आमा बन्न लागेको अड्कल काटेको समाचारमा चर्चा गरिएको छ।

उनी फेरि आमा बन्दैछिन् भन्ने खबर फ्यानबाट बाहिरिएपछि रिहानाको प्रतिनिधिले सामाजिक सञ्जालको माध्यमबाट यो खबरको पुष्टि गरेका छन्। गत मेमा छोरालाई जन्म दिएकी उनले प्रेमी आस्प रकीका साथ दोस्रो बच्चा जन्माउन लागेकी हुन्। रकीका साथ रिहानाको धेरै पुरानो मित्रतापछि सन् २०२० बाट डेट शुरु भएको थियो।

विवाहको योजना बनाउँदै गर्दा रिहाना पहिलो बच्चाको आमा बन्न लागेको खबर बाहिरिएको थियो। त्यसपछि गर्भवती अवस्थामा विवाह गर्न नचाहेको बताएकी रिहानाले सन् २०२३ मा विवाह गर्ने योजना बनाएकी थिइन्। दोस्रोपटक पनि आमा बन्ने भएपछि उनीहरुको विवाह केही समय टरेको छ।