प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव क्वात्राको भेट

0
Shares

काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको छ ।

सोमबारै बिहान काठमाडौं आइपुगेका सचिव क्वात्रा प्रधानमन्त्री दाहालसँगको शिष्टाचार भेटवार्ताको लागि बालुवाटार पुगेका थिए ।

भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।