भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा

0
Shares

काठमाडौँ।

यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।

सोमबार साँझ यातायात मजदुरहरूले एक विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।

नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए। उनीहरूले आज बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्।

उनका अनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन गरेको हो। तर प्रदर्शनका क्रममा आफूहरूमाथि हातपात समेत भएको उनले बताए।