सुदूरपश्चिमको विकासका लागि बजेटको कमी हुने छैन : प्रधानमन्त्री प्रचण्ड 

0
Shares

धनगढी। 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरका ठुला गौरबका आयोजनामा बजेटको कमी हुन नदिने बताएका छन् ।
सोमबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम हाल सञ्चालित ठुला गौरबका आयोजनामा बजेटको कमी हुन नदिने बताएका हुन ।

प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा रहेका सुक्का बन्दरगाह, जलविद्युत आयोजना, त्रिदेशीय नाका विस्तारको सबै योजना सरकारले दुत गतिमा अघि बढाउने बताए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरका ९ वटै जिल्लामा सञ्चालित आयोजना दुत गतिमा अघि बढाउन सरकार नीति, कार्यक्तम तय गरेको बताए । उनले सुदूरमा रहेका सबै आयोजनालाई अघि बढाएर यस क्षेत्रको वृद्धि विकासका लागि प्रयोग गरिने बताए ।

प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा विकास आयोजना सुदूरपश्चिमबाटै शुरुवात गरेको बताए । ‘अब राम्रोलाई पुरस्कार र नराम्रोलाई कार्बाही गछौँ, ‘प्रचण्डले भने, ‘अबको आवश्यकता काम हो, ‘यथास्थितिमा रुमलिने छैनौँ, जनताको निराशा आशामा बदल्छु ।’  पहिलो पटक प्रधानमन्त्री हुँदा यस क्षेत्रको शैक्षिक वृद्धि विकासका लागि सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरिएको अहिले तेस्रो पटक प्रधानमन्त्री हुँदा गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय अनुरूप अघि बढाइने बताए ।