परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

0
Shares

काठमाडौँ।

परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ।

विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन्।

काठमाडौं आएसँगै भेटघाटमा रहेका विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।