अमेरिकामा पुरस्कृत हल्कारा वैशाखमा आउने

0
Shares

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत हुँदै आएको फिल्म हल्कारा आगामी वैशाख २९ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ।

अमेरिकामा बसोवास गर्दै आएका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेशत्रिपाठी र बिनिता थापा मगर मुख्य भूमिकामा छन्।

फिल्मले गाउँमा चिठ्ठी पु¥याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोशिस गरेको छ।

फिल्म सत्यकथा प्रेरित हो। तर, कथा सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने प्रयास गरेको छु’ निर्देशक सापकोटा भन्छन्। फिल्ममा महेश त्रिपाठीले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन्।

हल्कारा अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड चुमेका थिए।

यसैगरी, नेपाल–अमेरिका फिल्म फेस्टिभलमा लङ न्यारेटिभ विधामा पुरस्कृत भएको थियो भने अन्य फेस्टिभलमा पनि छनोट भएको थियो। फिल्ममा महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्। विक्रमका साथ विप्लप प्रतीक र आकाश बरालद्वारा लिखित फिल्ममा चिन्तन राजभण्डारीको छायांकन र विक्रमको सम्पादन रहेको छ।

कालीपार स्टुडियो र आइसफल प्रडक्सनद्वारा निर्मित फिल्म काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुपले वितरण गर्नेछ।