पूरा कपडा लगाउँदा पनि ट्रोल

0
Shares

बलिउड फिल्म पठानमा समावेश बेसर्म रङ बालको गीतमा बिकिनी लगाएर नृत्य गरेका कारण विरोध र ट्रोलको सामना गरेकी बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला भने पूरा शरीर ढाक्ने कपडा लगाएका कारण ट्रोलको शिकार भएकी छन्।

हालै दीपिका मुम्बई एयरपोर्टमा कालो रङको हाइनेक तथा कालै रङको पाइन्टमाथि गुलाबी रङको लङकोट लगाएर देखिइन्। फेसनेबल देखिने क्रममा आफ्नो लुकमा नयाँ प्रयोग गरेकी दीपिका उक्त लुगा लगाएर एयरपोर्टमा हिँडिरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भयो।

तर, उनको यो लुक भने उनका दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले मनपराएनन् र उनी आफ्नो फेसन सेन्सका कारण सामाजिक सञ्जालमा ट्रोल बनिन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतमा खासै गर्मी नभए पनि यसरी पूरा लुगा लगाएर हिँडेको भन्दै दीपिकाको मजाक उडाए। ‘यत्तिको जाडो त नर्थमा समेत छैन भन्दै एक प्रयोगकर्ताले दीपिकालाई मौसमअनुसार कपडा लगाउन सुझाएका छन्।

बिकिनी लगाएका कारण ट्रोल भएकी दीपिका तथा शाहरुख खान अभिनीत फिल्म पठानले भने यति बेला संसारभर राम्रो कमाइ गरिरहेको छ। दीपिकाका पति एवं अभिनेता रणवीर सिंह पनि बेला–बेला आफ्नो फेसन सेन्सका कारण ट्रोलको निशानामा पर्ने गर्छन्।