नृत्य प्रतियोगितामा नवदीप विद्या निकेतन प्रथम

0
Shares

डोटी । महाशिवरात्रि तथा सेना दिवसको पूर्व सन्धयामा डोटीको सिलगढीमा रहेको भैरवप्रसाद गणले आयोजना गरेको खप्तड–शैलेश्वरी अन्तर विद्यालय नृत्य प्रतियोगितामा नवदीप विद्या निकेतन बोर्डिङ स्कुल सलेना प्रथम भएको छ। यसैगरी, पवित्र माध्यमिक विद्यालय सिलगढी द्वितीय र सरस्वती माध्यमिक विद्यालय रानागाउँ तृतीय भएको छ।

प्रतियोगितामा प्रथम हुनेले १५, द्वितीयले १० र तृतीयले ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यक्रममा छलिया नाच, विपद्को बेला प्रयोग हुँदै आएका औजार, हालसम्म सेनाले प्रयोग गरेका पोशाक तथा सेना सम्बन्धी विभिन्न श्रव्यदृश्य सामग्री प्रदर्शन गरिएको थियो। जिल्ला सदरमु कामस्थित टुंडिखेलमा आयोजना गरिएको प्रतियोगितामा जिल्ला भरिका छ विद्यालयको सहभागिता थियो।

कार्यक्रममा भैरवप्रसाद गण सिलगढीका गणपति तथा प्रमुख सेनानी जनमतबहादुर कार्कीले खेलकुद तथा सांस्कृतिक कार्यक्रमले नेपाली सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउन तथा सामाजिक संस्कृतिको जगेर्ना गर्न ठूलो सहयोग पुग्ने चर्चा गरे।