प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच बालुवाटारमा भेटवार्ता

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज (बुधबार) बेलुका बालुवाटारमा दाहाल र खनालबीच भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री र खनालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झन्डै एक घण्टा बढी छलफल भएको छ । समसामयिक राजनीति घटनाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको बुझिएको छ भने प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेको बताईएको छ ।