पैसाका लागि अपहरणको नाटक गर्ने ६ जना पक्राउ

0
Shares

काठमाडौं । पैसाका लागि अपहरणको नाटक गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उक्त नाटकमा संलग्न रहेको अभियोगमा चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टबाट ६ जनालाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि–१३ बस्ने बिदुर बस्नेत, चितवनका दिलिप विक, सर्लाहीका भोला महतो नुनिया, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा र धादिङका आशमान लामा रहेको महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

एसपी राठौरका अनुसार भोलान, जिम्बा र लामा अपहरणमा परेको खबर आएपछि प्रहरी टोली परिचालित हुनु भएको थियो । एसपी राठौरका अनुसार उनीहरुले आफुहरु अपहरणमा परेको जानकारी प्रहरीलाई गराएपछि प्रहरी परिचालन भएको थियो ।

अपहरणमा परेको नाटक गरेका उनीहरुले आफुहरुलाई तीन लाख नदिए मार्ने धम्की दिएको परिवालका सदस्यलाई वताएपछि अपहरणमा परेको भनिएका परिवारले प्रहरीलाई बताएपछि उनीहरुको सकुशल उद्धारका लागि प्रहरी टोली परिचालन गरेको थियो ।

अपहरणमा परेको नाटक गरेका उनीहरुले परिवारका सदस्यलाई ३ लाख लिएर कलंकी आउन भनेका थिए ।

भोलानकी श्रीमती र कान्छामानका ज्वाइँ पैसा पु¥याउन भनेर प्रहरीसँग कलंकीमा पुगेका थिए । प्रहरीले अपहरणकारी आउँला भनेर कुरेर बसेको थियो । तर त्यहाँ अपहरण गर्ने व्यक्ति नआएपछि प्रहरीले शंका गर्दै अपहरण नाटक भएको आशंका गरेको थियो । प्रहरीले जे आशंका गरेको थियो अपहरणमा परेको भनिएका आएनन्। बरू अपहरणमा परेको भनिएका भोलान नै मोटरसाइकलमा चढेर रकम लिन आएपछि पक्राउ गरेर थप अनुसन्धान गर्दा उनीहरुले पैसाका लागि नाटक गरेको पत्ता लागेको एसपी राठौरले जानकारी दिनुभयो ।

पक्राउ परेका भोलानको वयान अनुसार प्रहरीको टोली उक्त रिसोर्टमा पुग्दा अन्य अपहरणमा परेका भनिएका व्यक्तिहरु मदिरा पिएर वसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अपहरणमा परेको भनिएका व्यक्तिहरूले बस्नेतबाट केही समय अगाडि जग्गाको कारोबार गर्न १० लाख रुपैयाँ लिएका थिए । उक्त पैसा फिर्ता गर्न नसकेपछि उक्त नाटक गरेर घरपरिवारसंग पैसा लिएर तिर्ने योजना मुताविक अपहरणको नाटक गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।