राष्ट्रपतिको उम्मेदवारबारे भोलि छलफल हुने

0
Shares

काठमाडौं । आसन्न फागुन २५ मा राष्ट्रपति पदका लागि निर्वाचन हुने भएको छ ।

केही हप्ता पहिले राष्ट्रपति निर्वाचनका लागि फागुन २५ मा मिति तोकिएको छ । सोही मितिमै निर्वाचन गर्न दलहरुले आन्तरिक गृहकार्य थालनी गरिसकेका छन् ।

यसैबीच आज (बुधबार) बिहान बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्र्माओलीबीच भेटवार्ता भएको थियो । भेटवार्ताको क्रममा भालि (बिहीबार) उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ ।