बियोन्सेसँग ३२ ग्रामी अवार्ड

0
Shares

अमेरिकाको लस एन्जलसमा हालै सम्पन्न ६५औं ग्रामी अवार्डमा गायिका बियोन्सेले कीर्तिमान रचेकी छन् । यसपटक ग्रफ्मीको नौ विधामा मनोनयनमा परेकी उनले ४ विधामा अवार्ड चुम्दै इतिहास रचेकी हुन् ।

चार ग्रामी चुमेसँगै उनीसँग कूल ३२ ग्रामी भएका छन् । बियोन्सेले आफ्नो एलबम रेनेसाबाट सर्वोत्कृष्ट डान्स इलेक्ट्रोनिक र कफ इट बोलको गीतबाट आर एन्ड बी विधाको अवार्ड चुमेकी छन् ।

त्यस्तै, ब्रेक माई सोलबाट डान्स इलोक्ट्रोनिक र प्लास्टिक अफ द सोफाबाट आर एन्ड बी विधाका लागि उनले चुमेको अवार्ड भने प्रत्यक्ष प्रसारण नगरी दिइएको थियो । यसभन्दा अघि हंगेरीका ब्रिटिस कन्डक्टर जर्ज सोल्टी सबै भन्दा धेरै ग्रामी चुम्ने कलाकार रूपमा चिनिन्थे ।

उनीसँग ३१ ग्रामी अवार्ड थिए । २० वर्षसम्म उनी सबैभन्दा बढी ग्रामी जित्ने संगीतकर्मीको सूचीमा थिए । जसलाई बियोन्सेले पछाडि पारेकी छन् । अवार्ड चुमिसकेपछि बियोन्सेले आफूलाई रक्षा गरेकोमा भगवानलाई धन्यवाद दिएकी थिइन् भने जितको श्रेय आफ्नो मातापिता, तीन बच्चा र श्रीमानलाई दिएकी थिइन् ।

समारोहमा बोनी राइटको जस्ट लाइक द्याटले सर्वोत्कृष्ट गीत, ह्यारी स्टाइल्सको ह्यारिज हाउसले एलबम, लिज्जोको अवाउट ड्याम टँइमले रेकर्ड अफ द इयर, एडेलाको एजी अनमीले एकल पप प्रस्तुति, साम स्मिथ र किम पेट्रासको अनहोलीले पप डुवो÷समूह प्रस्तुति, माइकल बब्लीको हाउरले मौलिक स्वर पप एलबम, रोबर्ट ग्लासपरको ब्ल्याक रेडीयो थर्डले आर एन्ड बी एलबम,केन्ड्रिक ल्यामरको मिस्टर मोरल एन्ड बिग स्टेपर्सले ¥याप एलबम तथा उनकै ¥याप द हार्ट पार्ट फाइवले ¥याप गीत, रुबेन ब्लेडस र बोका लिभ्रेको पेसिरोजले ल्याटिन पप एलबम, वेट लेगले वैकल्पिक एलबमको अवार्ड चुम्दा विली नेल्सनको लिभ फरइभरले कन्ट्री एकल प्रस्तुति, नेभर वान्टेड टु बी द्याट गर्लले कन्ट्री एकल तथा सामूहिक प्रस्तुति, ब्रान्डी कार्लेको ब्रोकन हर्सले रक प्रस्तुति, ओजी अस्बर्नको प्यासेन्ट नम्बर नाइनले रक एलबम, इन्क्यान्टोले साउन्ड ट्रयाक फर भिजुअल मिडिया र समारा जोयले नव कलाकारको अवार्ड चुमे ।