मौसम पूर्वानुमान : देशका अधिकांश उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

0
Shares

काठमाडौं । हाल देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।