कुलेश्वर आवास परिवार कल्याणको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

0
Shares

काठमाडौं । कुलेश्वर आवास परिवार कल्याण संस्थाको ३०औँ वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ । शनिबार उक्त साधारण सभाको प्रमुख आतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पानसमा बत्ती बालेर उदघाटन गर्नुभएको थियो ।

सोही अवसरमा संस्थाका अध्यक्ष राजु दाहाल शर्माले संस्थाको वार्षिक कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष त्रिलोचनप्रसाद जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

उपप्रमुख डंगोलले सभालाई सम्बोधन गर्दै संस्थाले गरेको प्रगतिको विषयलगायत बजेटमा समावेश गरिएका कार्यक्रमलाई तोकिएको समयभित्रै कार्यान्वयन गराउन विलम्ब नगर्ने र अन्य कुनै पनि कार्य योजना गर्नुपर्ने भए महानगरलाई अनिवार्य जानकारी गराउन निर्देशन दिनुभयो ।

वार्षिक साधारण सभाको अवसरमा काठमाडौं महानगरपालिका–१४ का सदस्य शोभा खड्का, कुलेश्वर आवास माविका प्रिन्सिपल मेघराज दुलाल, भुवनेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेष नारायण दाहाल, कुलेश्वर महादेव मन्दिर परिसर व्यवस्थापन समितिका अध्यक्ष बाल गोपाल श्रेष्ठ, साहित्यकला संस्कृति समाज उपसमितिका संयोजक राम कुमार श्रेष्ठ (विनय) र उपस्थित सदस्य महानुभावमध्येबाट पुरुषोत्तम श्रेष्ठले शुभकामना सहितको मन्तव्य प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाको सचिव उमा श्रेष्ठ पोखरेल र धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष घनश्याम गौतमबाट भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

अन्त्यमा सभाका अध्यक्ष राजु दाहाल शर्माबाट आफ्नो मन्तव्य सहित सभाको समापनको घोषणा गर्नुभएको थियो ।