राजीनामा दिएका मन्त्रीहरूले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

0
Shares

कठमाडौं । आइतबार राजीनामा दिएका मन्त्रीहरूले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनीहरूले दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको रास्वपाले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । उक्त सम्मेलनमा आफूले मन्त्रालय सम्हालेको कार्यकालका उपलब्धिहरूका बारेमा जानकारी गराइने बताइएको छ ।

रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी डा.तोसिमा कार्कीले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए ।