प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरूबीच बालुवाटारमा छलफल जारी

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवहरूसँग छलफल शुरु गरेका छन् । आज (सोमबार) बिहान १०ः४० बजेबाट आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्रीले छलफल शुरु गरेका हुन् ।

विधेयकसम्बन्धी र प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयका लागि छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरूसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।