एमाले केन्द्रीय कमिटीको बैठक माघ २९ बाट शुरू हुने, एजेण्डा- सांगठनिक सुदृढीकरण

0
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक यहीँ माघ महिनाको २९ गतेबाट शुरु गर्ने भएको छ । प्रतिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भए पश्चात् एमालेले केन्द्रीय कमिटीको पाँचौं बैठक २९ बाट शुरु गर्ने भएको हो ।

गत मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकको अजेण्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ ।

बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।