राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनमा विशेष सम्बोधन गर्ने

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने भएकी छन् ।

दुई कार्यकाल सकिनै लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसद्लाई संयुक्त रूपमा विशेष सम्बोधनलाई विदाइ सम्बोधन भनेर चर्चा हुन थालेको छ ।

निर्वाचन आयोगले २८ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई विदाइ सम्बोधन भनिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछन् ।