प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रतण्ड’ र राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ ।

हिजो (आइतबार) साँझ नेपाल आइपुगेकी नुल्यान्डसँग आज (सोमबार) बिहान प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका हुन् ।

सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छन् ।

उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् । नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण पनि गर्नेछन् ।