थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार

0
Shares

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् । आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार भएको जानकारी दिए ।

उनका अनुसार लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहारसम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका छन् ।