सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न आवश्यक

0
Shares

सप्तरी।

प्रदेश सांसद माला कर्णले मधेस प्रदेशको सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधार गर्न आवश्यक रहेको बताएकी छन् ।

प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवसको अवसरमा राष्ट्रिय प्राथमिक अधारभूत विधालय राजविराज-८ का बालबालिकालाई आइतबार शैक्षिक सामग्री वितरण गर्दै सो कुरा बताए हुन् ।

उनले शैक्षिक  गुणस्तर सुधारका निम्ति आफूले गर्नुपर्ने पहल प्रदेश सरकारसँग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरिन् । राजविराज नगरपालिका-८मा एउटा मात्र सामूदायिक विद्यालय रहेकोले यसलाई नमुना विद्यालय बनाउनुपर्ने कर्णको जोड रहेको थियो ।

यो विद्यालय महिलाहरू मात्रै सञ्चालन गर्दै आएको र विद्यालय व्यवस्थापन समितिमा समेत महिलाहरूकै टिम रहेकोले यो विद्यालय आफैँमा नमुना विद्यालय रहेको उनको भनाइ रहेको थियो ।

विद्यलयमा सबै थोक हुँदाहुँदै पनि वालवालिकाहरूलाई  निरन्तर पढाइको लागि प्रोत्साहन गर्नु पर्ने सांसद कर्णले बताइन् ।

यस विद्यलालयमा डेढ सय विद्यार्थी अध्ययनरत  छन् ।सबै बिद्यार्थीहरू निरन्तर नआइदिएर पठनपाठनमा समस्या हुँदै आएको शिक्षिका रेणु गुप्ताले बताइन् । शिक्षिका गुप्ताले बालबालिकाहरूलाई निरन्तर विद्यालय ल्याउन पहल भइरहेको बताइन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रम प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष दिनानाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, प्रेस सेन्टर नेपालको प्रदेश महासचिव गोपाल प्रसाद गुप्ता, सचिव ध्रुव कुमार मण्डडल, जिल्ला उपाध्यक्ष कमान्नद माझी, कोषाध्यक्ष जितेन्द्र गुप्ता विद्यालयका शिक्षकाको समेत उपस्थिति रहेको थियो ।

विद्यालयका ३५ जना बालबालिकालाई ५/५ वटा कापी र २/२ वटा डटपेन समेत वितरण गरिएको सेन्टरका अध्यक्ष यादवले जानकारी दिए ।