रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविलाई पुन: सभापति बनाइने

0
Shares

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकबस्दै छ । आज अपरान्ह ३:३० बजे बस्ने गरी बैठक बोलाइएको पार्टी प्रवक्ता मुकुल ढकालले बताए।

आजको बैठकमा पार्टी सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो।

लामिछानेले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो।

यसअघि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बनाएको थियो।

केन्द्रीय समितिबाट सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिने र त्यसको जानकारी अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने तयारी रास्वपाको छ।