काठमाडौँ ।
खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका छन् ।अख्यियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई डेढ लाख रुपियाँ घुससहित बिहीबार पक्राउ गरेको हो ।
खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपियाँ घुस लिएको पाइएपछि बबरमहलबाट उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
थप अनुसन्धान भइरहेको अख्यियारले जनाएको छ ।
प्रतिक्रिया