मधेश प्रदेशका २ सांसदले आज शपथ लिए

0
Shares

काठमाडौं ।

मधेश प्रदेशका दुई जना प्रदेश सांसदले शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रका रजि हैदर र रुवी कर्णले प्रदेश सभा सचिवालयमा आज बुधबार शपथ लिएका हुन् ।

उनीहरुविरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ खुवाएका हुन् ।