काठमाडौं ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।
बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्। उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनाली जानकारी दिए ।
प्रतिक्रिया