गृहमन्त्री लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

0
Shares

काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन्।

गृहमन्त्रालयमा आज विहान भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धि लगायतका विषयमा कुराकानी भएको थियो ।

नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्युनीकरण, उर्जाको विकास, प्रविधि हस्तानतरण लगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा राजदूत थम्सनसँगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरु पनि सहभागि थिए ।