माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताका हुने

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताका लागि वार्ता हुने भएको छ । यी दुई पार्टीबीच मंगलबार एकताका लागि वार्ता हुने भएको हो ।

वार्ताका लागि माओवादी केन्द्रको तर्फबाट संयोजक कृष्णबहादुर महरा सहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितका नेता रहेको बताइएको छ ।

वार्ता टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएका संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिए ।

पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै सकारात्मक परिणाम आउने श्रेष्ठले बताए । यसअघि शनिवार पनि वार्ता टोलीका नेताहरूको छलफल भएको थियो । छलफलमा दुवै पार्र्टीको डकुमेन्ट आदानप्रदान गरिएको थियो ।