राष्ट्रपति भण्डारीद्वारा चाँगुनारायण मन्दिरमा पूजाअर्चना

0
Shares

भक्तपुर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्चना गर्दै प्रसाद ग्रहण गर्नुभएको छ ।आज चाँगुनारायण मन्दिरमा पुगेर उहाँले मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा अर्चना गरी प्रसाद ग्रहण गर्नुभयो ।

मन्दिरका मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले राष्ट्रपति भण्डारीलाई टीका, फूल, प्रसाद प्रदान गर्नुभएको थियो ।
सो क्रममा राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरका बारेमा विगतको ऐतिहासिक पक्ष, मन्दिरको पुजा विधि, चुनौती र भूकम्पपछिको पुन:निर्माणबारे जानकारी लिनुभएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले भूकम्पपछिको पुन:निर्माणको अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले चाँगुनारायणमा निजीस्तरबाट सञ्चालित चाँगुनारायण संग्राहलयको समेत अवलोकन गर्नुभयो ।
राष्ट्रपति भण्डारीलाई बागमती प्रदेशसभाका सदस्य सुरेश श्रेष्ठ, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री लगायतले स्वागत गर्नुभयो ।