तिलोत्तमा नगर स्तरीय छात्र–छात्रा फुटसलमा स्मृति बोर्डिङ्को कब्जा

0
Shares

बुटवल।

रुपन्देहीको तिलोत्तमा नगर स्तरीय छात्र–छात्रा फुटसल प्रतियोगितामा स्मृति बोर्डिङ् स्कुलले उपाधी चुमेको छ । प्याब्सन तिलोत्तमाद्वारा आयोजित छात्रतर्फको फाइनल खेलमा स्मृति बोर्डिङ् स्कुलले कुँवरवर्ती बोर्डिङ् स्कुललाई ७–० को गोल अन्तरले पराजित गरी उपाधी जितेको हो ।

तिलोत्तमा नगरपालिकका नौ वटा संस्थागत विद्यालयहरु सहभागी उक्त प्रतियोगितामा स्मृतिका साहिल गाहा बेस्ट गोलकिपर र सुवास बमले वेस्ट स्कोरर उपाधी प्राप्त गरेका छन् । स्मृति बोर्डिङ्कै देव तामाङ म्यान अफ द सिरिज भएका थिए । स्मृतिकै निखिल सुनार, सुवास वम र देव तामाङ विभन्न खेलमा म्यान अफ द म्याच भएका घोषणा भएका छन ।

यसैगरी छात्रातर्फको फुटसल प्रतियोगितामा पनि स्मृति बोर्डिङ् स्कुलले नै उपाधी चुमेको छ । फाइनल खेलमा स्मृति बोर्डिङ् स्कुलले लिटिल स्टार बोर्डिङ् स्कुललाई २–० को गोलअन्तरले पराजित गरी विजयी भएको हो ।

प्रतियोगितामा स्मृतिकी महिमा गुरुङ्ग बेस्ट गोलकिपर र रिया अधिकारी वेस्ट स्कोरर भएका थिए । यसैगरी स्मृतिकै स्नेहा थापा म्यान अफ द सिरिज भएका थिए भने स्मृतिकै निरुता ज्ञवाली, स्नेहा थापा र रिया अधिकारी विभिन्न खेलमा म्यान अफ द म्याच भएका थिए ।