माघे अैाँसी, त्रिवेणीधाममा श्रद्धालुकाे घुइँचो

0
Shares

नवलपरासी।

हिन्दु धर्मालम्वीहरूकाे पबित्र पर्व माघे अैाँसी स्नानका लागि शनिबार त्रिवेणीमा श्रद्धालुहरूकाे घुईचाे लागेकाे छ ।स्वर्णभद्रा,पूर्णभद्रा र नारायणी नदीकाे संगम वाल्मीकि क्षेत्र त्रिबेणीमा श्रद्धालुहरूले स्नान, तर्पण, गाैदान गरेकाछन् ।

मुक्तिनाथ, दामाेदरकुण्ड,गाेसाईकुण्ड आदि हिमवत क्षेत्रबाट बग्दै आएकाे जल त्रिवेणीमा डुवुल्की लगाई दान तर्पण गर्नाले यश जन्ममा सुख शान्ति प्राप्त भई अन्तमा माेक्ष मिल्ने जनविश्वास रहेकाे छ ।

नेपाल तथा भारतबाट आएका श्रद्धालुहरू अघिल्लो रात यहाँका मठ, मन्दिर र सत्तलमा बसेर भजन किर्तन सहित जाग्राम बस्ने र बिहान नदीघाटमा स्नान गर्ने चलन रहेकाे स्थानीय बिक्रम थापाले बताए ।

श्रद्धालुहरूले स्नान पश्चात् यहाँकाे वाल्मीकि आश्रम,गजेन्द्र माेक्ष,जटाशंकर,नागाकुटी,सीता पाताल प्रवेश स्थल,लवकुशले घाेडाबाधेकाे तवेला लगायतका पाैराणिक स्थल दर्शनका लागि पुग्ने गर्दछन् ।

यश पटक पनि अघिल्ला दिनकाे तुलनामा माघेअैाँसी स्नान गर्न नेपाल तथा भारतका लाखाै श्रद्धालु त्रिवेणी आएकाे स्थानीयले बताए ।