निष्पक्ष र समन्वयकारी भूमिकामा सचेत रहनेछु : सभामुख घिमिरे

0
Shares

काठमाडौं ।

सभामुख देवराज घिमिरेले सभामुखमा निर्वाचित भइसकेपछि आफूले विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर संवैधानिक मर्यादा र भूमिकालाई इमान्दारीपूर्वक निभाउने प्रतिवद्वता जनाएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा आफ्नो पहिलो मन्तव्य व्यक्त गर्दै सभामुख घिमिरेले आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पारेका छन् ।

राजनीतिक दलहरुका बीचमा यदाकदा संसद्‌मा हुने बहस र विमर्शको क्रममा उत्पन्न हुन सक्ने स्वभाविक प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्मबाट समाधान गर्न म सदैव क्रियाशील रहने बताएका छन् ।