उपसभामुखमा इन्दिरा रानामगर र यादव प्रतिस्पर्धामा, आज मतदान

0
Shares

काठमाडौं ।

प्रतिनिधि सभाको उपसभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र विपक्षी गठबन्धनबाट कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार मनोनयन दर्ता गराएका हुन् ।

उपसभामुखको निर्वाचनका लागि शनिबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । उपसभामुख पदको निर्वाचन मत विभाजनबाटै हुने संसद् सचिवालयले जनाएको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा उपसभामुख चुन्न बहुमत अर्थात् एक सय ३८ संख्या आवश्यक पर्छ ।