काठमाडौँ।
नेपाली सेना स्थापना भएको २६० बर्ष तथा सेना दिवस २०७९ को उपलक्ष्यमा नेपाली सेनाले शुक्रबारबाट फोटो प्रर्दशनीको आयोजना गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नु भएको उक्त प्रर्दशनीमा नेपाली सेनाले विगतदेखि वर्तमान सम्म गरेको क्रियाकलाप झल्कने खालका फोटो प्रर्दशनीमा राखिएको छ ।

सो प्रर्दशनीमा नेपाली सेनाले विगतदेखि वर्तमानसम्म प्रयोग गरेको हातहतियार तथा विभिन्न स्थानमा गरेका कामको वारेमा जानकारी दिने गरी फोटो प्रर्दशनी गरिएको छ ।

४ दिनसम्म चल्ने उक्त फोटो प्रर्दशनीमा सर्वसाधारणले समेत अवलोकन गर्न सक्ने व्यवस्था गरिएको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।










तस्वीर दीपक रिजाल











प्रतिक्रिया