अघिल्लो सरकारले छिमेकीसँग सम्बन्ध बिगार्यो, तनाव बढायो : अध्यक्ष ओली

0
Shares

काठमाडौँ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरुसँगको सम्बन्ध बिगारेको आरोप लगाएका छन्।

एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पूर्ववर्ती सरकारले छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरुसँगको सम्बन्ध बिगारेको आरोप लगाएका हुन् ।

‘विगतको सरकारले छिमेकीसँग सम्बन्ध बिगार्यो बेढंगी रुपले चल्यो’, उनले भने, ‘त्यो सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्यो। अन्तर्राष्ट्रिय सशक्तिसँग दलाली गर्यो। छिमेक सम्बन्धलाई कृत्रिम ढंगले तनावपूर्ण बनाइयो।’

उनले नेपाल उच्च भूराजनीतिक जोखिमयुक्त ठाउँमा रहेकाले सचेत भएर अघि बढ्नुपर्ने बताए। ‘हाम्रो भूराजनीति धेरै जोखिमपूर्ण छ’, उनले भने, ‘हामीले कूटनीतिक सम्बन्ध अघि बढाउँदा ख्याल गर्नुपर्छ। हामी सचेत भएर सम्बन्ध अघि बढाउँछौँ।’