कार दुर्घटना भएको ३ दिनपछि भेटियो बेपत्ता पुरुषको शव


काठमाडौँ।

चोभारको पुलबाट बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव तीन दिनपछि फेला परेको छ।

बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला परेको प्रहरी जनाएको छ। बेपत्ता भएका पुरुषको खोजी गर्न प्रहरीको विपद् व्यवस्थापन, सशस्त्र प्रहरी र प्रहरी प्रभाग भैसेपाटीको टोली खटिएको थियो। प्रहरीले र्‍याफ्टिङ, गोताखोरले समेत खोजी गरी शव फेला पारेको हो।

प्रहरीका अनुसार अहिले शवलाई पानीबाट निकालेर मुचुल्काको काम भइरहेको छ।

सोमबार साँझ चोभारबाट खोकनातर्फ जाँदै गरेको बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको थियो
उक्त कारमा दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बस्ने ४७ वर्षीय राजकुमार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार थिए।

दुर्घटना भएपछि स्थानीयले कारमा रहेकी अम्बिकाको उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पुर्‍याएको थियो। उनलाई अहिले थप उपचारको लागि ट्रमा सेन्टरमा पठाएको छ।

राजकुमार भने बेपत्ता थिए।