संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

0
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्ने भएको छ । आज (बिहीबार) बिहान ११ बजे दुवै सदनको बैठक बस्ने भएको हो ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

सभामुख पदको निर्वाचनका लागि नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सांसद देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उक्त प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछानेले समर्थन गर्ने कार्यसूची छ ।

नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची रहेको छ ।