कलाकर्मीलाई श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्ड

0
Shares

श्री सञ्जय साई बाबाको ३५औं जन्मोत्सवको अवसरमा श्री सत्य साई सेवा अर्गनाइजेसनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा लामो समयदेखि योगदान पुयाएका विशिष्ट व्यतित्वलाई श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरेको छ ।

राजधानीमा अयोजित एक समारोहबीच ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथमा कलाकारहरू शिवसुन्दर श्रेष्ठ, मिथिला शर्मा बोहोरा, पूजा शर्मा, सितारवादक सुशान थापालगायतलाई श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत गरिएको हो ।

समारोहमा प्रा. यशोधा पन्त, प्रा. कान्ता भट्टराई, डा. माधव मंगल जोशी, प्रो. डा. धनबहादुर कुँवर, डा. भोला रिजाल, डा. गुनबहादुर थापा, श्यामसुन्दर धौवडेल, भद्रकुमारी घले, अस्मिता भण्डारीलाई पनि सो अवार्डबाट पुरस्कृत गरिएको छ ।